बिहिवार, आश्विन २२ गते २०८३

बारा २- उपेन्द्रसँग मतान्तर घटाउँदै कुशवाहा

मंगलवार , बैशाख १२, २०८०

काठमाडौं । बारा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । 

पछिल्लो मतपरिणाम अनुसार यादवले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाह भन्दा ४ हजार ३२२ मतका साथ लिड गरिरहेका छन् ।

यादवले १८ हजार ४९६ मत पाउँदा कुशवाहाले १४ हजार १७४ मत पाएका छन् । 

तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेल छन् । उनले ५ हजार ५१४ मत पाएका छन् । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार १९६ मत र आम जनता पार्टीका उम्मेदवार अरूण ज्ञवालीले २ हजार मत पाएका हुन् ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार