काठमाडौं । इक्वेडरको जेलमा दुई समूहबीच झडप हुँदा १८ कैदीको मृत्यु भएको छ । घटनामा अन्य ३५ जना घाइते भएका छन् । झडपमा ९ जना प्रहरी समेत घाइते भएको जेलका अधिकारीले बताएका छन् ।
मध्य इक्वेडरको गुआयाकील र लाटाकुंगा जेलमा उक्त झडप भएको हो । झडपका बेला लाटाकुंगा जेलबाट भागेकामध्ये ४५ जनालाई पक्राउ गरिसकिएको छ ।
यसअघि यसै वर्षका फेब्रुअरीमा इक्वेडरको एक जेल भित्र भएको झडपमा ८० जनाको मृत्यु भएको थियो ।