बुधवार, आश्विन १४ गते २०८३

एसीसी प्रिमियर कप: सन्दीपको अलराउन्ड प्रदर्शन, कतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता

बिहिवार , बैशाख १४, २०८०

काठमाडौँ। सन्दीप लामिछानेको घातक बलिङ र उत्कृष्ट ब्याटिङको मद्दतले नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ ।

टियु मैदानमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा अलआउट हुँदै ८९ रनमा समेटियाे । जितसँगै नेपालले समूह ए को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।

कतारका लागि तीन खेलाडीले मात्र दोहारो अंकमा रन बनाए । खुर्रम शाहजाद र जाहिर ईब्राहिमले समान १५/१५ तथा अमिर फरिकले १४ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए । उनले ९ दशमलब १ ओभरमा १४ रन खर्चिएर ५ विकेट लिए ।सोमपाल कामीले ३ विकेट लिँदा ललितनारायण राजवंशीकाे नाममा २ विकेट रह्याे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३ ओभरमा ४० दशमलव ४० रन बनाएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले ५८ बल र ६ चौकाको मद्दतले सर्वाधिक ४२ रन बनाए । नेपाललाई ललित र सन्दिपलेले अन्तिम विकेटका लागि ४६ रनको साझेदारी गर्दै एक चरणमा २८ ओभरमा १११–९ बनाएको थियो ।

कप्तान रोहितकुमार पौडेलले २७ बलमा ३६ रन बनाए । ओपनर आसिफ शेख्लेले २७ बलमा १९ रन बनाए । 

कतारका बायाँ हाते फास्ट बलर अमिर फारुकले ९.३ ओभरमा ४२ रन दिएर ४ विकेट लिए । काइस अहमदले १० ओभरमा ३६ रन दिएर ३ विकेट लिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार