बिहिवार, आश्विन २२ गते २०८३

लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरी नियुक्त

बिहिवार , बैशाख १४, २०८०

बुटवल। लुम्बिनीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेश गरेका चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

चौधरीले नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतको समर्थनमा दाबी पेश गरेका थिए । जसमा ५३ जनाको हस्ताक्षर छ ।

चौधरीको शपथ शुक्रबार बिहान ११ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

l

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार