बिहिवार, आश्विन २२ गते २०८३

नवनिर्वाचित सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेको आज सपथ हुँदै

शुक्रवार , बैशाख १५, २०८०

काठमाडौं । गत बैशाख १० मा सम्पन्न उपनिर्वाचनबाट नवनिर्वाचित तीन सांसद मध्ये दुईजनाको आज सपथ हुदैँछ ।

प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबाहेक दुई जनाको आज सपथग्रहण हुन लागेको हो । 

उनका अनुसार चितवन–२ वाट निर्वाचित रवि लामिछाने तथा तनहुँ–१ वाट निर्वाचित स्वर्णिम वाग्लेको शपथ हुनेछ ।

आज बिहान ठिक ११ः३० बजे संघीय संसद् सचिवालयको काठ घर नं २ सिंहदरबार सो सपथ कार्यक्रम राखिएको उनले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार