काठमाडौं। नेकपा एमालेले अयोग्य लडाकुलाई दुई/ दुई लाखको दरले दिने निणर्य सरकारले फिर्ता नलिए जस्तोसुकै कदम चाल्ने चेतावनी दिएको छ ।
प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरिले देशको अर्थतन्त्र जोखिममा भएको बेलामा सरकारले कार्यविधि बनाएर पैसा बाँड्न लागेकोप्रति आपत्ति जनाएका हुन्।
गरिब मर्ने अवस्था आएको बेलामा राज्यकोषको दोहन गरेर दिनदहाडै देश लुटिएको आरोप लगाए। विकास निर्माण र कर्मचारीको तलबभत्ता समेत रोकिएको अवस्थामा सरकारले कार्यकर्ता पोष्न खोजेको उनको आरोप छ ।
एक अर्ब ४० करोड रुपैयाँ शान्ति प्रक्रियाको नाममा चालु आर्थिक वर्षमै छुट्टइएको उल्लेख गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगको काम थाति रहँदा सरकारलाई त्यसतर्फ चासो नभएको बताए।