बिहिवार, आश्विन २२ गते २०८३

कर्णालीका मुख्यमन्त्री शर्माले तेश्रो पटक पाए विश्वासको मत

शुक्रवार , बैशाख १५, २०८०

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक पनि विश्वासको मत पाएका छन् । 

शुक्रबार बसेको संसद बैठकबाट मुख्यमन्त्री शर्मालाई २९ जना प्रदेश सभा सदस्यले विश्वासको मत दिएका छन्। विपक्षमा १० मत परेको छ।

नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक-एकजना सांसदले शर्माको पक्षमा मत हालेका छन् ।

त्यस्तै नेकपा एमालेका ९ र राप्रपाका एकजना सहति १० जना सांसदले विपक्षमा मतदान गरेका छन् । ४० सदस्यीय प्रदेश सभामा कुल ३९ जना सांसद उपस्थित रहेका थिए । मुख्यमन्त्री शर्माले संविधानको धारा १ सय ८८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका थिए।

यसअघि पहिलो पटक शर्माले माघ ६ मा विश्वासको मत लिएका थिए। त्यसबेला उहाँले एमाले, राप्रपासहितको विश्वासको मत प्राप्त गर्नुभएको थियो भने कांग्रेसले विपक्षमा भोट हालेको थियो ।

राप्रपाले समर्थन फिर्ता लिएपनि मुख्यमन्त्री शर्माले चैत्र १७ मा दोस्रो पटक विश्वासको मत लिएका थिए। त्यस बेला राप्रपा बाहेकका सबै दलले समर्थन गरेका थिए ।

तर, राष्ट्रिय राजनीतिको समीकरण अनुसार कांग्रेस-माओवादीको सरकार बन्ने भएपछि चैत्र २७ मा एमालेले समर्थन फिर्ता लिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार