बिहिवार, आश्विन २२ गते २०८३

संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य

शुक्रवार , बैशाख १५, २०८०

काठमाडौं। संघीय संसदमा दुवै सदनको चालु अधिवेशन आज मध्यरातिदेखि अन्त्य गरिएको छ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले संघीय संसदका दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेका हुन्। 

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को बैशाख १२ गतेको निणर्यअनुसार अधिवृशन अन्तय गरेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारतमा रहेका कारण यादवले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाउनुभएको थियो , गत मंसिर ४ गतेको आमनिर्वाचनपछि पहिलो बैठक पुस २५ गते बसेको थियो । आज बसेकोसहित यो अधिवेशनका क्रममा जम्मा २८ वटा बैठक बसेका छन् ।

यस्तै आजै बसेको बैठकले झन्डै ५ महिनापछि विषयगत समितिलाई पूणर्ता दिएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमासभामुख देवराज घिमिरेले दलहरूले गरेको सिफारिसका आधारमा संसदीय विषगत समितिमा रहने सदस्यहरुको नाम संसदमा प्रस्तुत गर्नुभएको हो ।

सभामुख घिमिरेको प्रस्तावलाई संसद्ले अनुमोदन गरेसँगै विषयगत समितिहरू गठन भएका छन् । प्रतिनिधिसभा अन्र्तगतका १० संसदीय विषयगतसमितिहरू रहेका छन् ।

यस्तै, संयुक्त समिति अन्तर्गत संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति रहेका छन् । संसदीय समिति नहुँदा सदनमा प्रस्तुत भएका विधेयक अघि बढ्न सकेको थिएन ।

आजकै बैठकले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सहित सम्पत्ति सुद्धिकरण, संक्रमण्कालीन न्याय, संवैधानिक परिषद् लगायतका ९ विधेयकहरुलाई सम्बन्धित समितिमा पठाएको छ । यसअघि संसदीय समिति नहुँदा सदनमा प्रस्तुत भएका विधेयक अघि बढ्न सकेको थिएन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार