आइतवार, कार्तिक ९ गते २०८३

सुजिता भण्डारी मृत्यु प्रकरण : युवकविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा

शुक्रवार , श्रावण ८, २०७८

काठमाडौं । चितवनस्थित घर नजिकै जंगलमा मृत भेटिएकी राप्ती ३ की सुजिता भण्डारी प्रकरणमा आफन्त एक युवकविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ ।

सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिका भण्डारीले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेकी हुन् । असार ११ गते साथीलाई तरकारी लिन आउँदैछु भनेर मोबाइलमा म्यासेज पठाएर घरबाट निस्केकी सुजिता १० दिनसम्म बेपत्ता भएकी थिइन् ।

त्यही दिन दिउँसो फोन गरेर आफू अपहरणमा परेको बताएको दिदी कविताले बताएकी थिइन् ।
तर, सुजिता असार २० गते नजिकैको सामुदायिक वनमा मृत भेटिएकी थिइन् ।

मृतकले आफु अपहरणमा परेको भनेर फोन गरेको भएपनि प्रहरीले यसबारे आशंका गरी अनुसन्धान अघी बढाइएको थियो । उनले आत्महत्या गरेकोअनुमान गरेपनि त्यसको कारणबारे खुलेको थिएन ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार