काठमाडौं। काठमाडौंमा जारी एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा कुवेतलाई २ सय ८२ रनको चुनौतीपूणर् लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण अवरुद्ध भएपछि ४२ ओभरमा छोट्याइएको खेलमा नेपालले ९ विकेट गुमाउँदै २८१ रनको योगफल तयार पार्यो ।
नेपालका लागि कप्तान रोहित पौडेलको उत्कृष्ट ब्याटिङ गरे । पौडेलले ९५ बलमा ७ चौका र तीन छक्कासहित सर्वाधिक ९४ रनको इनिङ खेले । कप्तान मोहमद अस्लामको बलमा यासिन पटेलबाट क्याच आउट हुँदा रोहित ६ रनले शतक बनाउन चुके ।
रोहितले यसअघि, चौथो विकेटका लागि कुशल मल्लसँग १ सय ९ रनको साझेदारी गरेका थिए । मल्लले ५७ रनको अर्धशतकीय इनिङ खेलेका हुन् ।
यस्तै कुशल भुर्तेलले ४३, आशफि शेखले ३१, आरिफ शेखले १९ तथा सोमपाल कामीले अविजित १३ रन बनाए । अरु ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।
कुवेतका लागि मोहम्मद अस्लाम, अदनान इद्रिसले समान ३-३ तथा यासिन पटेल र साएद मोनिदले १-१ विकेट लिए । कुवेतले अहिल जवाफी ब्याटिङ गरिरहेको छ ।