सोमवार, कार्तिक १० गते २०८३

गण्डकीमा कांग्रेसको पनि लाग्यो मन्त्रीको टुङ्गो

शुक्रवार , श्रावण ८, २०७८

काठमाडौं । गण्डकी प्रदेशमा सत्तारुढ नेपाली कांग्रेसले नयाँ मन्त्री बन्नेको नाम टुङ्ग्याएको छ । काँग्रेसले दोबाटे विकको ठाउँमा विन्दुकुमार थापालाई मन्त्री बनाउने भएको छ ।

यसअघि विकको नाम चयन गरेको कांग्रेसले पछि फेरि उनको नाम हटाएर थापालाई मन्त्री बनाउने निर्णय गरेको हो । दोबाटे कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् ।

व्यापारिक पृष्ठभूमिबाट आएका थापा पार्टी सभापति शेरबहादुर देउवा निकट छन् । उनी स्थानीय तहको चुनावमा पोखरा महानगरपालिकाको मेयरका आकांक्षी थिए । उनले प्रतिनिधिसभा चुनावमा पनि टिकटको दाबी गरेका थिए । तर पछि प्रदेशसभाको टिकट पाएका थिए ।

कांग्रेसले गण्डकी प्रदेशमा मणिचन्द्र शर्मा र मेखलाल श्रेष्ठलाई पनि मन्त्री बनाउने निर्णय गरेको छ । थापा आन्तरिक मामिला तथा कानुन मन्त्री बन्ने भएका छन् । सामाजिक मन्त्री रहेका कुमार खड्का भौतिक पूर्वाधार मन्त्री बन्ने छन् भने सामाजिक विकास मन्त्रालय मेषलाल श्रेष्ठले सम्हाल्ने छन् ।  

पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्मा बन्ने भएका छन् । नवनियुक्त मन्त्रीहरुले आजै १ बजे सपथ लिनेछन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार