बुधवार, आश्विन १४ गते २०८३

सन्दीपले दिलाए नेपाललाई पाँचौँ सफलता, खेल वर्षाका कारण अवरुद्ध

सोमवार , बैशाख १८, २०८०

काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध पाँचौँ विकेट लिएको छ । सन्दीप लामिछानेले रोहन मुस्तफालाई आफ्नो शिकार बनाएका हुन् ।

यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामी र ललित राजवंशीले एक विकेट लिएका थिए । यूएईले ५१ रनमा ५ विकेट गुमाएको छ ।

आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल अहिलेसम्म सो प्रतियोगितामा छनोट भएको छैन । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पहिलोपटक सो प्रतियोगिता खेल्न चाहन्छ ।

सेमिफाइनलमा कुवेतलाई पछि पार्दै नेपालले फाइनलमा स्थान बनाएको हो भने यूएईले ओमानलाई पाखा लगाएको थियो । नेपाल हालसम्म यो प्रतियोगितामा अपराजित रहेको छ । त्यस्तै, पछिल्ला तीन खेलमा यूएईविरुद्ध नेपाल अपराजित रहेको छ ।

अहिले भने खेल वर्षाका कारण अवरुद्ध भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको युएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा खेल रोकिएको हो ।

खेल रोकिनु अघि युएईका आसिफ खान १५, बसिर हमिद ६ रनमा क्रिजमा थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार