काठमाडौं । एसीसी प्रिमियम कपको जारी फाइनल खेलमा नेपालका ब्याटर गुल्सान झाले पाहुना टोली संयुक्त अरब इमिरेटस (युएई)विरुद्ध अर्धशतक पुरा गरेका छन् ।
उनले ७५ बलमा ५१ रन बनाएर खेलिरहेका छन् । उनलाई भीम सार्कीले क्रिजमा साथ दिइरहेका छन् । याे समाचार तयार पार्दासम्म भीम र गुल्सनले ७६ रनकाे साझेदारी गरेका छन्।