बिहिवार, आश्विन २२ गते २०८३

लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

मंगलवार , बैशाख १९, २०८०

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन्। प्रदेशसभामा मंगलबार भएको मत विभाजनमा सभामुख तुलाराम घर्तीले विश्वासको मतको पक्षमा ५३ र विपक्षमा २९ मत रहेको घोषणा गरे। १० दलमध्ये ८ दलका ५२ र एक स्वतन्त्र गरी ५३ जना सांसदले मुख्यमन्त्री चौधरीलाई विश्वासको मत दिएका हुन् ।

आज विश्वासको मतको विपक्षमा रहेको एमालेका २९ सांसद छन् । नयाँ गठबन्धनमा नरहेको राप्रपाका ४ सांसद रहे पनि उनीहरुले कतै मत दिएनन् ।मुख्यमन्त्रीमा नियुक्त भएको ६ दिनमा विश्वासको मत पाएका चौधरीले लगत्तै सरकारलाई पूणर्ता दिने योजना बनाएको बताए।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरी नियुक्त हुनुभएको थियो । विश्वासको मत पाएलगत्तै मन्त्रीहरूको जिम्मेवारीसमेत तोकिनेछ ।

नेकपा माओवादीबाट धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी मन्त्री छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार