बिहिवार, आश्विन २२ गते २०८३
नक्कली भुटानी शरणार्थी प्रकरण :

एमाले सचिव रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ

बुधवार , बैशाख २०, २०८०

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् ।

उनी बुधबार बुटवलमा पक्राउ परेका र बिहीबार काठमाडौं ल्याउने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

यसबारे अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट पूर्व उपप्रधानमन्त्री रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको थियो । सन्दीपले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन एक करोडको चेक लिएको पाइएको दाबी छ।

यो प्रकरणमा गत १२ चैतमा उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको थियो ।  बुधबारै पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार