बिहिवार, आश्विन १५ गते २०८३

दक्षिण अफ्रिकामा अमेरिकी कम्पनीको खोप लगाएका २८ को मृत्यु, अनुसन्धान थालियो 

शुक्रवार , श्रावण ८, २०७८

काठमाडौं । दक्षिण अफ्रिकामा अमेरिकी कम्पनीका कोरोना खोप लगाएका २८ व्यक्तिको मृत्यु भएको छ ।  उनिहरुको मृत्यु भएसँगै उक्त खोपबारे अनुसन्धान शुरु भएको छ ।

दक्षिण अफ्रिकाको स्वास्थ्य उत्पादन नियामक (सहप्रा)ले मृत्युको प्रत्यक्ष सम्बन्ध खोपसँग रहेको वा नरहेको भन्ने विषयमा अध्ययन गर्ने भएको हो ।

सहप्राका अनुसार मृत्यु हुनेमध्ये २४ जनाले फाइजरको खोप लगाएका थिए भने चार जनाले जोन्सन एण्ड जोन्सनको खोप लगाएका थिए । अहिलेसम्म दक्षिण अफ्रिकामा ५५ लाख मानिसले कोरोना खोप लगाएको जनाएका  छन् । 

जसमध्ये १० लाख मानिसलाई जोन्सन एण्ड जोन्सनको खोप दिइएको छ भने बाँकी ४५ लाखले फाइजरको खोप लगाएका छन् । सहप्राका अनुसार कोरोनाविरुद्धको खोप लगाएकामध्ये ३ हजार ७३० जनामा कोरोना खोपको असर देखिएको थियो ।

उनीहरुमध्ये २७९ जनाको अवस्था चिन्ताजनक थियो भने २८ जनाको मृत्यु भएको हो । साहप्राकी सीईओ बोइटुमेलो सेमेटे माकोकोट्लेका अनुसार नियामकहरुले अहिले कोरोना खोप लगाएका मानिसहरुमा देखिएको असरबारे अध्ययन गरिरहेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार