बिहिवार, आश्विन २२ गते २०८३

एक साताभित्रै भ्रातृ संगठन र विभागहरुलाई पूर्णता दिने कांग्रेसको निर्णय

शुक्रवार , बैशाख २२, २०८०

काठमाडौं। नेपाली कांग्रेसले भ्रातृ संगठन र पार्टीका विभागहरुलाई एक साताभित्रै पूणर्ता दिने गृहकार्य थालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले बैशाख २८ र २९ मा केन्द्रीय कार्य समिति बैठक बसेर टुंगो लगाउने समझदारी बनाएको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय कार्य समिति बैठक बसेर नेविसंघ, तरुण दललगायत भ्रातृ संगठनलाई पूणर्ता दिने गृहकार्य थालिएको बताए।

उनले विभागहरुको गठन पनि यही बैठकबाट हुने बताए। महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसकै नेताहरु तानिए पनि निष्पक्ष अनुसन्धानमा सघाइने समेत बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार