बिहिवार, आश्विन २२ गते २०८३
भुटानी शरणार्थी प्रकरण

टोपबहादुर आफ्नो सम्पर्कमा नरहेको ओलीको दावी, प्रचण्डले भनेः दबाबमा पर्दिन 

शनिवार , बैशाख २३, २०८०

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको बताएका छन्।

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानबारे छलफल गर्न ओली सिंहदरबार पुगेका थिए।

भेटपछि सञ्चारकर्मीहरूको प्रश्नमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीको अवस्थाबारे आफू अनभिज्ञ रहेको बताएका हुन्।

अपराधीलाई जोगाउन लाग्नुभएको हो भन्ने प्रश्नमा ओलीले केहीले यस्तो गलत हल्ला चलाएको स्पष्टीकरण दिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीसँग अध्यक्ष ओलीको यो दोस्रो भेट हो ।

गत बिहीबार पनि दुई नेताबीच यसै विषयमा छलफल भएको थियो । भेटपछि ओलीले निर्दोषलाई फसाउन खोजे नसहने चेतावनी दिएका थिए।

४ वर्षअघिको कुरा अहिले बाहिर आएको भन्दै ओलीले ‘एउटा सांसद र पार्टीका नेतालाई षड्यन्त्रपूणर् ढङ्गले किन समाउनुपर्ने अवस्था आयो ?’ भन्दै प्रश्न समेत गर्नुभएको थियो । ओलीले आफूले यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जपनि जानकारी दिए। 

दबाबमा पर्दिन: प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने घटनामा कसाैकाे पनि दबावमा नपर्ने बताएका छन्।

ओलीसँगकाे भेटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले आजको भेटमा अध्यक्ष ओलीले अनुसन्धानबारे चासो राखेको कुरा जानकारी दिए ।

उनले भने, ‘आज ओलीजीले अनुसन्धानबारे कन्सर्न राख्नुभयो । प्रधानमन्त्रीसँग कसैलाई बचाइदिनुहोस् भन्ने कुरा त भएन । तर हामी कसैको दबाबमा पर्दैनौँ । कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ, यो रोकिँदैन । हामी दृढताका साथ अघि बढ्छौँ । निर्दोष कोही नपरुन्, दोषी कोही नछुटुन् भन्ने हाम्रो मान्यता छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार