सोमवार, कार्तिक १० गते २०८३

जसपाका दुई नेता जेल चलान 

शुक्रवार , श्रावण ८, २०७८

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य प्रमोद गुप्तासहित दुई जना जेल चलान भएका छन् । जिल्ला अदालत बारामा बिहीबार हाजिर हुन गएपछि अदालतले प्रहरीलाई खबर गरी उनीहरुलाई वीरगन्ज कारागार चलान गरेको हो ।

गुप्तासँगै जसपाका स्थानीय नेता अरुण सिंह पनि जेल चलान भएका छन् । २०७४ माघको मधेस आन्दोलनको क्रममा प्रहरीको गोली लागी भरत चोकमा एक हिफाजत मियाँको निधन भएपछि उनको पोस्टमार्टम रिपोर्टमा चिकित्सकले गडबडी गरेको भन्दै अस्पतालमा प्रदर्शन गर्ने क्रममा आन्दोलनकारीहरुले चिकित्सकको निजी कार जलाएका थिए । 

सोही आरोपमा प्रहरीले सभासद गुप्ता र सिंहको नेतृत्वमा गाडी जलाएको भन्दै उनीहरुमाथि मुद्दा चलाएको थियो । सप्तरी राजविराज नगरपालिका ३ घर भई कलैया अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेड शैलेश झाको जाहेरीले उनीहरुमाथि मुद्दा चलाइएको थियो ।

त्यसपछि अदालतले एकतर्फी रुपमा दुबैलाई जनही ६÷६ महिना कैद र ९ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा पीडितलाई क्षतिपूर्ति भराउने गरी जरिवाना गर्दै २०७४ माघ २५ मा कैद सजायको फैसला गरेको थियो ।

मुलुकी ऐन, आगो लगाउने महलको १ र ४ बमोजिम फैसला गरिएको अदालतले जनाएको छ । त्यही कैद सजाय भुक्तान गर्न अदालतले दुबैलाई कारागार पठाएको हो ।  

bara-jilla-adalat.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार