सोमवार, कार्तिक १० गते २०८३

मध्यम तथा लामो दुरीका सबै सवारी साधन संचालन हुने

शुक्रवार , श्रावण ८, २०७८

काठमाडौँ । सरकारले उपत्यकामा मध्यम तथा लामो दुरीका सवारी साधनसमेत सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि स्थानीय प्रशासनबाट आन्तरिक रुपमा र काम विशेषले आएका सवारीलाई मात्रै उपत्यकाभित्र प्रवेश गर्न दिइने निर्णय भएको थियो ।

सरकारको निर्णयसँगै अब भने स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर सबै सवारी सञ्चालन गर्न पाइने छ । नेपाल सरकार (मन्त्रिपरिषद)को यही साउन ४ को निर्णयअनुसार यातायात सञ्चालनको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले यातायात व्यवसायीलाई अनुरोध गरेको छ । प्रशासन कार्यालयले अनिवार्यरुपमा टिकट काटेर मात्रै यात्रा गर्न पनि अनुरोध गरेको छ ।

traspots.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार