बुधवार, आश्विन २१ गते २०८३

संसद्‍मै अर्धनग्न बने सांसद अमरेशकुमार सिंह

सोमवार , बैशाख २५, २०८०

काठमाडौं। स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसद बैठकमा लुगा फुकालेका छन् । प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उनले बोल्न समय मागेका थिए । तर, सभामुख देवराज घिमिरेले बोल्न समय दिएनन् । 

यसपछि आफूले लगाएको लुगा फुकालेर विरोध जनाए । यसपछि सभामुख घिमिरेले बारम्बार उनलाई चेतावनी दिँदै सभ्य बन्न आग्रह गरे । सभामुख घिमिरेले असभ्य बोल्न र अशिष्ट व्यवहार नदेखाउन चेतावनी दिए । सभामुख घिमिरेको बारम्बारको चेतावनीपछि उनले लुगा लगाए । 

सांसद सिंहले लुगा फुकालेपछि एमालेका सांसदहरुले विरोध जनाए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार