बुधवार, आश्विन २१ गते २०८३

सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी, अकुत सम्पत्ति आर्जन गरेको आरोप

सोमवार , बैशाख २५, २०८०

काठमाडौं। प्रतिनिधिसभा सदस्य अमरेशकुमा सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

अकुत सम्पत्ति आर्जन गरेको भन्दै सिंहविरुद्ध सोमबार आयोगमा भ्रष्टाचारको मुद्दा दर्ता भएको हो । विकास ठाकुरले सोमबार उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेका हुन् । 

कुनै पेसा व्यवसायमा संलग्न नरहेका सिंहले गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा गरेको खर्च र विलासी जीवनशैलीसहितलाई आधार मानेर ठाकुरले आयोगमा उजुरी दिएका हुन् । 

२०६३ सालबाट राजनीतिमा उदाएका सिंहको आर्थिक फड्को नै भ्रष्टाचारको कारण रहेको निवेदनमा ठाकुरले दाबी गरेका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार