बुधवार, आश्विन २१ गते २०८३

नेकपा एमाले सचिवालय बैठक बस्दै, केन्द्रिय समितिको अजेन्डा तय गरिने

मंगलवार , बैशाख २६, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा कपा एमालेको सचिवालय बैठक आज आज बस्दैछ ।   

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा आगामी केन्द्रिय समितिमा प्रस्तुत गरिने बिषय र छलफल गरिने अजेन्डाका बारेमा छलफल हुनेछ । सो छलफल पछि केन्द्रिय समितिको छलफलको अजेन्डा तय हुनेछ । 

एमालेको केन्द्रिय समिति बैठक यही बैशाख २८ देखी सुरु हुदैँछ । 

यसअघि झापामा हुने भनिएको बैठक संघीय संसदमा नीति तथा कार्यक्रम र बजेट लगायतका बिषय छलफल गर्नु पर्ने भएको भन्दै काठमाडौंमा सारिएको थियो ।

गत मंशिर ४ मा सम्पन्न निर्वाचन तथा हालै गरिएको मिसन ग्रास रुटको समिक्षालगायतका अजेन्डा आगामी बैठकमा छलफल हुने बुझिएको छ ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार