सोमवार, कार्तिक १० गते २०८३

भीम रावलको सांसद पद स्वतः रिक्त भैसक्यो : कानुनविद

शनिवार , श्रावण ९, २०७८

काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले राजीनामा दिइसकेपछि उनको सांसद पद स्वतः रिक्त भएको कानूनविद्हरुले बताएका छन् । अब रावलले राजीनामा फिर्ता लिएँ भन्दैमा उनको सांसद पद फिर्ता नहुने कानूनविदहरुको तर्क छ । 

रावलले अब सांसदका रुपमा तलब भत्ता खाएमा त्यो बेरुजु र भ्रष्टाचार ठहरिने समेत जानकारकहरुको भनाई छ । अछाम १ बाट निर्वाचित एमाले सांसद रावलले साउन ३ गते संसद भवनमा पत्रकारसामु लिखित राजीनामा पढेर आफूले राजीनामा दिएको घोषणा गरेका थिए ।

त्यसपछि उनले सभामुखको सचिवालयमा लिखित राजीनामा बुझाएका थिए । रावलले शीर्ष नेताहरूमा स्वेच्छाचारिता बढेको हुनाले घृणित राजनीतिक खेलबाट आफूलाई अलग राख्नु श्रेयस्कर ठानेर राजीनामा दिएको बताएका थिए ।

तर, लिखित राजीनामा दिइसकेका रावलले शुक्रबार सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा पत्र फिर्ता लिएका थिए । सभामुख सापकोटाले  रावलको लिखित राजीनामा फिर्ता दिँदै गरेको तस्विरसमेत सार्वजनिक भएको छ । रावलको लिखित राजीनामा सभामुखले प्राप्त गरिसकेका थिए भन्ने यो तस्विरले प्रमाणित गर्दछ ।

संविधानको धारा ८९ को (क) मा सांसदले राजीनामा दिएपछि ऊ स्वतः पदमुक्त हुने स्पष्ट लेखिएको छ । संविधान र कानूनको प्रावधान हेर्दा सांसदले सभामुखलाई राजीनामा बुझाइसकेपछि स्वतः पदमुक्त हुने देखिएको हो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार