बुधवार, आश्विन २१ गते २०८३
ब्रेकिङ

पूर्वगृहमन्त्री बालकृष्ण खाँण निवासबाटै पक्राउ

बुधवार , बैशाख २७, २०८०

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्।

खाँण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

भूटानी शरणार्थी प्रकरणमा  अनुसन्धानका लागि खाण र उनका सहयोगी नरेन्द्र केसीलाई पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ।

प्रहरीले खाँणलाई सोधपुछ पछि घर जान दिने कि नियन्त्रणमै राख्ने भनेबारे निर्णय लिने बताएकाे छ।

दुई दिनअघि खाणलाई बोलाएको बेला हाजिर हुने शर्तमा प्रारम्भिक बयान लिएर कागज गरी छाडिएको थियो ।

यसअघि यहि प्रकरणमा सचिव टेकनाराण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रिजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप लगायत पक्राउ परिसकेका छन् ।

एमाले सचिव रायमाझी फरार रहेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार