बुधवार, आश्विन २१ गते २०८३

पूर्वगृहमन्त्री खाँणलाई टेकु लगियो, आजै अदालत उपस्थित गराईने

बुधवार , बैशाख २७, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्बगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । 

नेपाली कांग्रेसका नेतासमेत रहेका खाँणलाई बुधबार बिहान मैजुवहालस्थित निवासबाट प्रहरी पक्राउ गरिएको थियो ।

प्रहरी उच्च स्रोतका अनुसार पुर्ब गृहमन्त्री खाँडलाइ प्रहरी परिसर टेकु लगिएको छ । उनी माथी सोधपुछ गरेर आजै जिल्ला अदालतमा म्याद थपका लागि लगिने तयारी रहेको छ । 

यो सँगै उक्त घटनामा आरोपित ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि मङ्गलबार काठमाडौँको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो । 

त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ । 

उक्त घटनामा आरोपित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । जिल्ला प्रहरी परिसरले उनीविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार