बुधवार, आश्विन २१ गते २०८३

राप्रपा सांसदले नाराबाजी गर्दै संसदकाे रोष्टम घेरे

बुधवार , बैशाख २७, २०८०

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राप्रपाका सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेरेका छन् । 

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकमा राप्रपाका सांसदहरुले आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग राखेर रोष्ट्रम घेर्दै नाराबाजी गरिरहेका हुन् । 

सभामुख देवराज घिमिरेले शून्य समयबाहेक अरु समय अहिलेलाई हटाउने समझादारी भएको बताउँदै बस्न आग्रह गरे पनि राप्रपाका सांसदहरु उठेर विरोध जनाइरहेका थिए । 

तर, सभामुख घिमिरेले शून्य समय सुरु भएको भन्दै विमला सुवेदीलाई बोल्न समय दिएपछि राप्रपा सांसदले रोष्ट्रम घेरेका हुन् । 

बैठक अहिले १५ मिनेटका लागि स्थगित भएकाे छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार