सोमवार, कार्तिक १० गते २०८३

यी ४ अस्पतालबाट दिइनेछ खोप प्रमाणीकरण पत्र

शनिवार , श्रावण ९, २०७८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेका हकमा राजधानीका चार अस्पतालबाट कोभिड–१९ विरुद्ध खोप लगाएको प्रमाणीकरण पत्र दिने निर्णय गरेको छ । 

यसअघि राजधानीकै शुक्रराज सरुवा रोग अस्पतालबाट मात्र यो सेवा दिँदा भिड बढेपछि मन्त्रालयले त्यसको नियन्त्रणका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिभिल अस्पताल र सशस्त्र प्रहरी बल अस्पतालमा यो सुविधा दिने निर्णय गरेको हो ।  

मन्त्रालयले कुनै पनि कामका लागि विदेश जान लागेका हरेक यात्रुले अस्पतालबाट कोभिड–१९ विरुद्ध लगाएको खोप प्रमाणीकरण पत्र लिएर मात्र जान सुझाएको छ । यस्तो पत्रको कुनै शुल्कसमेत नलाग्ने मन्त्रालयले स्पष्ट पारेको छ । 

लगातार दुई दिन प्रमाणीकरण पत्र लिनेको भिड लागेपछि शुक्रराज सरुवा रोग अस्पतालले शुक्रवार थप काउन्टर नै बढाएर सेवा दिएको जनाएको छ । भिड बढेपछि ४८ घन्टाभित्र उडान निश्चित भएकाका लागि मात्र छिटो प्रमाणीकरण पत्र दिने व्यवस्थासमेत गरिसकेको अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले बताए ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार