बुधवार, आश्विन २१ गते २०८३

टोपबहादुर रायमाझी एमालेकाे सचिव पदबाट निलम्बित

बुधवार , बैशाख २७, २०८०

काठमाडौं । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव टोपबहादुर रायमाझीलाई पदबाट निलम्बन गरेको छ ।

नेकपा एमालेको सचिवालय बैठकले अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरेको उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए ।

रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । उनी फरार छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार