बुधवार, आश्विन २१ गते २०८३

संसद् सचिवालयलाई पत्र लेख्दै टोपबहादुरले भने: बिरामी भएर उपचार गर्दैछु

बुधवार , बैशाख २७, २०८०

नक्कली शरणार्थी प्रकरणमा मुछिएर फरार रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले आफू बिरामी भएको भन्दै संसद सचिवालयलाई पत्र पठाएका छन्। 

संसद सचिवालय स्रोतका अनुसार उनले आफू बिरामी भएर उपचाररत रहेको भन्दै पत्र पठाएका हुन्। 

प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी गराएपछि गत वैशाख २० गतेदेखि गायब उनलाई एमालेले बुधबारदेखि निलम्बन गरेको छ।

यो प्रकरणको अनुसन्धान नसकिएसम्म एमालेको जिम्मेवारीबाट रायमाझीलाई निलम्बन गरिएको जानकारी महासचिव शंकर पोखरेलले दिएका छन्। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार