बुधवार, आश्विन २१ गते २०८३

फेक अडियो बनाएको भन्दै आरजु राणाले दिइन् साइबर ब्यूरोमा उजुरी

बुधवार , बैशाख २७, २०८०

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा जाेडिएपछि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवाले नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी छिन् ।

साे प्रकरणमा आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै  छानविन गरी दोषीलाई कारबाही गर्न माग राखेर उनले निवेदन देएकी हुन्। 

साइबर व्यूरो भोटाहिटीमा दिएको उजुरीमा उनले केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त फेक अडियो बदनियत पूर्ण ढंगबाट बदनाम गराउने उद्देश्यले नियोजित रुपमा रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेकी छिन् ।

‘विभिन्न संचार माध्यामहरुमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारीनै नभएको नक्कली भुटानी शरणार्थीका सम्वन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उदेश्यले रेकर्ड गरेका हुन् ? उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्य तथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुन अनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेश गरेको छु,’ देउवाले दर्ता गरेको निवेदनमा भनिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार