बुधवार, आश्विन २१ गते २०८३

कांग्रेस बैठकमा बालकृष्ण खाँणको निलम्बनबारे छलफल, के भन्छन् प्रवक्ता?

बुधवार , बैशाख २७, २०८०

काठमाडौं। नेपाली कांग्रेसभित्र नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्ने कि नगर्नेबारे छलफल भएको छ । बुधबार खाँण पक्राउ परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाउनुभएको थियो ।

छलफलका क्रममा अनुसन्धानका लागि हिरासतमा लिइएका केन्द्रीय सदस्य खाँणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने कि नगर्ने विषय उठेको बैठकमा सहभागी एक नेताले बताएका छन् । तर बैठकमा सहमति नजुटेपछि पुनः भोलि बैठक बस्ने गरी बुधबारको बैठक सकिएको हो ।

आजको बैठकमा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गर्नुपर्ने धारणा राखेका स्रोतको दाबी छ । यद्यपि बिहीबार यो विषयमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा पुनः छलफल गर्ने तय भएको हो ।

पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले खाँणलाई निलम्बन गर्ने बिषयमा अहिले अनुसन्धानकै क्रममा भएकाले कांग्रेसले हतार नगर्ने बताए। अनुसन्धान परिपक्व नभइकन अहिले नै निष्कर्षमा पुगेर पार्टीले दोषी करार नगर्ने डा. महतको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार