आइतवार, आश्विन २५ गते २०८३

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

शनिवार , श्रावण ९, २०७८

काठमाडौं । नेपाली कांग्रेसको दपदाधिकारी बैठक आज पनि बस्दैछ । केहीबेरमा सुरु हुने बैठकमा आगामी १४ औं महाधिवेशनलगायतको विषयमा छलफल गर्न हुने जनाइएको छ ।

बैठक पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बिहान ९ बजे बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । शुक्रबार बसेको पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानबिनको काम टुंगो लागिनसकेका कारण कार्यतालिका हेरफेरबारे छलफल भएको थियो ।

बैठकमा वडाको अधिवेशन ४ दिन पछाडि धकेलेर साउन १६ गर्ने र अन्य तहको अधिवेशन तोकिएको समयमा गर्नेबारे छलफल भएको हो । यो विषयमा आज टुंगो लाग्ने बताइएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार