काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले खडा गरेका घेराबन्दीसँगै शीर्ष नेताले नै विपक्षीसँग साँटगाँठ गर्दा पार्टीको बहुमत नआएको निश्कर्ष निकालेका छन्। बिहीबारदेखि सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा ओलीले राजनीतक प्रतिवेदन प्रस्तुत गरेका हुन्।
जसमा राजनीतिक स्थायित्व राष्ट्रिय हितको रक्षा एवं समृद्धिका लागि नेकपा (एमाले) को बहुमत आवश्यक भएपनि सफल नभएको निष्कर्ष निकालिएको छ । पार्टीभित्र देखापरेका व्यक्तिवादी प्रवृत्ति, विकृति, सङ्गठनात्मक शिथिलता र अराजकतालाई पहि महत्वपूणर् कारण मानिएको छ ।
प्रतिवेदनमा कतिपय कमिटीहरू क्रियाशील नै नभएको तथा जन-सम्बन्धबाट टाढिएको उल्लेख गरिएको छ । यस्तै कतिपय आकाङक्षीहरू आफूले उम्मेदवारी नपाउने बित्तिकै असमझदारी, असहयोग र अन्तर्घातसम्म गर्ने र विपक्षीसँग साँठगाँठ गर्ने प्रवृत्ति देखापर्दा समेत समस्या उत्पन्न भएको उल्लेख गरिएको छ ।
हिजोसम्म पार्टीको माथिल्लो ओहदामै रहेका कतिपय नेताहरू पार्टीविरूद्धको षड्यन्त्रमा संलग्न भएको ओलीको निश्कर्ष छ ।
यस्तै गत वैशाखमा भएको उपनिर्वाचनमा पार्टीको मतमा कमी आउनु चिन्ताजनक विषय भएको ओलीले उल्लेख गरेका छन्।
उपनिर्वाचनमा संख्यात्मक क्षति नभएपनि मत कम आउनु भनेको चिन्ताजनक विषय भएको उल्लेख गरेका छन्।
पनिर्वाचनबारे प्रतिवेदनमा व्याख्या गर्दै ओलीले गत वर्ष मंसिरमा भएको आम निर्वाचनको तुलनामा पार्टी मत घट्नु र वर्तमान सत्ताको विकल्प नेकपा एमाले हो भन्ने निर्विवाद तथ्यमा समेत प्रश्न उठेको बताए। सम्बन्धित जिल्ला र प्रदेश कमिटीले यसको गम्भीर समीक्षा गर्नुपर्ने तथा कमीहरूलाई अविलम्ब सच्याउनुपर्नेमा उनको जोड छ ।
गत निर्वाचनमा ‘पपुलिज्म’ले उल्लेख्य प्रभाव पार्नु र ती शक्तिहरूप्रति आकर्षण बढ्नुलाई गहन विश्लेषणको आवश्यक्ता रहेको बताए। साथै, ओलीले यस्ता पुपलिज्मले प्रश्न खडा गर्न सकेपनि समाधानको विकल्प दिन नसक्ने दाबी पनि प्रतिवेदनमा गरे।