बुधवार, आश्विन २१ गते २०८३

संविधानसभा सदस्य पुरुषाेत्तम बस्नेतको निधन

शुक्रवार , बैशाख २९, २०८०

काठमाडौं। संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । 

नेपाली काँग्रेस नेता समेत रहेका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको हो । उनी काठमाडौँको सिफलमा बस्दै आएका थिए ।

२००२ मङ्सिर २१ गते लिखु पिके गाउँपालिका, वार्ड नं ३ सोलुखुम्बुमा जन्मेका बस्नेत नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लामो समयसम्म रहेका थिए ।

काग्रेसको केन्द्रिय सदस्यसमेत भएका बस्नेतले त्रिभुवन विश्वविद्यालयबाट एमए तथा बीएल गरेका छन् । बस्नेतले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षसमेतको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार