काठमाडौं। गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पूणर्ता पाएको छ । आज थप ४ मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूणर्ता पाएको छ । नेपाली कांग्रेसबाट ३ र नेकपा माओवादी केन्द्रबाट १ मन्त्री बनेका छन् ।
कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दीपेन्द्रबहादुर थापा, जित प्रकाश आलेमगर र माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली मन्त्री बनेका छन्।
जीसीलाई कृषि तथा भूमि व्यवस्था, थापालाई उद्योग, पर्यटन, वन तथा वातावरण, आलेमगरलाई आर्थिक मामिला र जुग्जालीलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिईएको छ । नियुक्त भएका मन्त्रीको आजै पद तथा गोपनियताको शपथ समेत लिएका छन् ।
मन्त्रीको चर्चामा रहेका दिपक मनाङे भने यसपटक छुटे। यसअघि मनाङेलाई मन्त्री बनाउने नणर्य भएपनि अन्तिम समयमा आएर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई मन्त्रीको लिष्टबाट हटाएर तनहुँ क्षेत्र नम्बर २(२)बाट निर्वाचित जीतप्रकाश आलेलाई मन्त्री बनाएका हुन्।
वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका सुरेन्द्रराज पाण्डेले वैशाख १५ गते कांग्रेसकी सरस्वती अर्यात तिवारी र माओवादीकी सुशीला सिंखडालाई मन्त्री नियुक्त गरेका थिए।