काठमाडौं। नयाँ जनादेश पाएको पाँच महिना बित्दा समेत प्रतिनिधिसभामा बिषयगत समिति निश्क्रिय अवस्थामै रहेका छन् । प्रतिनिधिसभाको पहिलो अधिवेशनको अन्तिम बैठकले संसदीय विषयगत समितिलाई पूणर्ता दिएपनिसंयुक्त समिति भने अझै गठन भएका छैनन् ।
प्रतिनिधिसभाले गत वैशाख १५ गते १० विषयगत समिति गठन गरेको थियो । संघीय संसदमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्य सम्मिलित संयुक्त दुई वटा समिति संसदीय सुनुवाई समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति रहने व्यवस्था छ ।
यी दुई समिति गठनका लागि सभामुख देवराज घिमिरेले पहल गरिरहेका छन्। उनले दलहरुलाई समितिमा रहने सदस्यहरुको नाम मागेपनि सबै दलहरुले दुवै संयुक्त समितिमा रहने सदस्यहरुको नाम उपलब्ध नगराएका कारण संयुक्त समिति गठन हुन नसकेको सभामुख देवराज घिमिरेको जवाफ छ ।
सभामुखले यहि बैशाख ३१ गतेबाट समितिहरुको बैठक राख्नका लागि सझाव दिएको बुझिएको छ । हालसम्म कुनैपनि समितिको एउटा पनि बैठक बस्न सकेको छैन् ।
संसदीय समिति गठन भएर पनि बैठक बस्न भइरहेको ढिलाइका कारण सभामा प्रस्तुत भएका विधेयकहरुमाथि दफावार छलफल हुन सकिरहेको छैन ।