काठमाडौं । मिथिला सहित देशभर आज शनिबार गुरु पूर्णिमा पर्व मनाइँदै छ । असार पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदै गरिएको हो । विशेष गरी पर्वमा गुरुप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ बस्त्रआभूषण फेराउने र मिष्टान्न भोजन गुरुलाई गराउने मैथिल परम्परा छ ।
पर्वविशेषले मिथिलाक्षेत्रमा आज बजारु चहलपहल पनि ह्वात्तै बढाएको छ । गुरुका लागि बस्त्र, मिष्टान्न परिकार र फलपूmल किन्नेको भीडले अन्य बेला दिउँसो जम्ने यहाँका बजार आज बिहानै भरिभराउ देखिएका छन् ।
खासमा धार्मिक मठमा त पर्वका अवसरमा प्रवचन र गुरुपूजासहितका कार्यक्रम नै आयोजन गरिएको देखिँदो छ । ज्ञानता रुपी अन्धकारको नाश गरी जीवनमा ज्ञानको ज्योति दिने, फैलाउने व्यक्तिलाई नै गुरु भनिन्छ । माता-पिताजस्तै गुरुलाई पनि देवता समान मानेर ‘आचार्यदेवो भव’ भनिने हिन्दू वैदिक परम्परा छ ।
पर्वले श्रेष्ठजनको सम्मान गर्ने शिष्टता र नैतिक आचरण एवं कृतज्ञता भाव बढाउने हुँदा पर्वले सामाजिक, सांस्कृतिक र पारम्परिक दायित्व र यसको महत्व अझ उजेल्याउने उज्यालो बनाउने बर्दिवास जनता बहुमुखी क्याम्पसका प्राचार्य तोपबहादुर ठकुरीको भनाइ छ ।