बुधवार, आश्विन २१ गते २०८३

लगातार तीन बैठकमा अनुपस्थित हुने सदस्यलाई कमिटीबाट हटाउने एमालेको निर्णय

शनिवार , बैशाख ३०, २०८०

काठमाडौं। नेकपा एमालेले चलाएको दुई महिने मिसन ग्रासरुट अभियानमा १३ हजार २३८ जना प्रवेश प्रवेश गरेको बताएको छ ।

केन्द्रीय कमिटीको बैठकपछि प्रचार विभाग उपप्रमुख विष्णु रिजालले १ लाख १९ हजार ९५ पार्टीको नयाँ सदस्यताका लागि आवेदन परेको बताएका हुन्। यस्तै, उनले मिसन ग्रासरुट अभियान ८७५ बैठक पालिकामा र वडामा ५ हजार ५७४ बैठक बसेको बताउनुभयो । 

यस्तै पार्टीले बैठकमा जानकारी पाएर पनि ३ पटकसम्म अनुपस्थित भए पार्टी कमिटीबाट बिदा गर्ने निणर्य गरेको छ । आज पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकले यस्तो निणर्य गरेको हो ।

सूचना पाएर पनि पार्टीको बैठकमा लगातार ३ पटक अनुपस्थित रहनेहरूलाई कमिटीबाट हटाउने निणर्य गरिएको छ भने बैठकमा आउने तर काम नगर्नेलाई निश्चित समयसम्म काममा लाग्न प्रेरित गर्ने, सुधार नभए कमिटीबाट बिदा गर्ने निणर्य गरिएको एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

यस्तै एमाले बैठकले प्रदेशदेखि टोलसम्म क्रमशः अधिवेशन गर्ने निणर्य गरेको छ ।

एक्सन रुमबाट पार्टीको वैचारिक राजनीतिक प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्ने, केन्द्रीय पार्टी स्कुलले पाठ्यक्रम, पाठ्यपुस्तक तयार गर्ने, डिजिटल प्लेटफर्मको प्रयोग गर्ने, प्रिन्टका साथै अडियो भिडियोको निर्माण गर्ने, प्रशिक्षणको लागि प्रशिक्षक तयार पार्ने र प्रशिक्षणका लागि केन्द्रले नियमित स्कुल सञ्चालन गर्ने निणर्य भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार