बुधवार, आश्विन २१ गते २०८३
एमालेको १६ बुँदे प्रस्ताव

लडाकु शिविरदेखि चर्चामा आएका सबै काण्डमा छानविन गर्न एमालेको माग (पूर्णपाठ)

शनिवार , बैशाख ३०, २०८०

काठमाडौं। नेकपा एमालेको पाचौँ केन्द्रीय कमिटीको बैठकले १६ बुँदे प्रस्ताव पारित गरेको छ । तीन दिनसम्म चलेको बैठकलेसमसामयिमक विषयलाई समेटेर प्रस्ताव पारित गरेको हो ।

प्रस्तावमा विगत लामो समयदेखि भित्रभित्रै चलिरहेको नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने घृणित ठगी-धन्दा हालै सतहमा आएको उल्लेख गरेको छ । सो प्रकरणको कुनै राजनीतिक पूर्वाग्रह र दबाबबिना निष्पक्ष रूपमा छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय गर्न माग गरिएको छ ।

राज्यका वैधानिक निकायबाट गरिने यस्ता विषयको निष्पक्ष अनुसन्धानमा पार्टीको तर्फबाट पूणर् सहयोग रहने पनि स्पष्ट पारेको छ । लडाकु शिविर घोटाला काण्ड लगायत चर्चामा आएका सबै काण्डहरूको निष्पक्षतापूर्वक छानबिन अघि बढाउन सम्बद्ध निकायसमक्ष आह्वान गर्दै यस्ता छानबिनमा पार्टीको पूणर् सहयोग रहने विश्वास दिलाईएको छ ।

यस्तै, पाँच दलीय गठबन्धन सत्तामा रहँदा चालिएका विगतका राष्ट्र विरोधी नीति र कदमहरूको प्रभाव यतिबेला मुलुकको अर्थतन्त्रले झेल्नुपरेको उल्लेख गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार