आइतवार, श्रावण २४ गते २०८३

गजल गीत 'मत सारै सोझो' सार्बजनीक (भिडियाेसहित)

आइतवार , बैशाख ३१, २०८०

साहित्यकार कैलाशकुमार पाण्डेयको गजल गित 'मत सारै सोझो' सार्बजनिक भएको छ। 

लामो समयदेखि समाजसेवा तथा साहित्यमा सक्रिय पाण्डेयको सो गजल गीतमा लोक तथा देउडागायक महेन्द्रराम पार्कीले स्वर भरेका छन्।

अडियो ल्याब रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितमा भिम बिसिको संगित रहेको छ। शिशिर विश्वकर्माले रेकर्ड गरेको गीतमा विशाल निरौलाले एरेञ्ज गरेका छन्। 

गीत शुक्रबार महेन्द्रराम पार्कीको अफिसियल यूट्युब च्यानलमार्फत सर्वनजिक भएको हो। पार्कीले यसअघि चुरे पर्वत रमाईलाे,  आईगया परशुरामकी मेला लगायत थुप्रै देउडा गीतमा स्वर भरेका छन्।

पार्कीले केही समयमै पाण्डेकै शब्द तथा महेशकुमार आउजी र आफ्नाे आवाजमा 'डेउडा फ्यूजन' श्राेता दर्शकमाझ ल्याउने बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार