काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका टाेपबहादुर रायमाझी पक्राउ परेका छन्। पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता रायमाझीलाई प्रहरीले काठमाडाैंकाे बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेकाे हाे।
यस प्रकरणमा पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित १२ जनामाथि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
उनी पक्राउ पुर्जी जारी भएकाे १० दिनपछि पक्राउ परेका हुन्।
उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए ।
यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।