काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका नेकपा एमालेका सासद टोपबहादुर रायमाझी प्रहरी हिरासतमा रहे पनि सांसद पद यथावत रहने भएको छ ।
प्रतिनिधिसभा नियमावली २०७९ अनुसार प्रहरी प्रधान कार्यालयले रायमाझी पक्राउ परेको सूचना संसद सचिवालयमा पठाउनुपर्नेछ । त्यसपछि सभामुखले प्रतिनिधिसभा बैठकमा सूचना सुनाउनेछ व्यवस्था छ । प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८(३) अनुसार सांसदहरु फौजदारी मुद्दामा पक्राउ परेर पुर्पक्षका लागि थुनामा पठाइएमा निलम्बनमा पर्नेछन्।
अर्थात, प्रहरी हिरासतमा रहदा रायमाझीको सांसद पद यथावत रहनेछ । यो मुद्दा अदालत पुगेपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाएमा उनी त्यस अवधिसम्म निलम्बनमा पर्नेछन् ।
अदालतले धरौटी वा साधारण तारेखमा छाडेमा उहाँलाई सांसदको हैसियतमा नियमित काम गर्न र सेवा सुविधा उपभोग गर्न बाधा पर्ने छैन ।