नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई तीन दिन हिरासत राखिने भएकाे छ।
सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने प्रहरीलाई अनुमति दिएको हो ।
रायमाझीलाई आइतबार राति बूढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेको थियो । आइतबार पक्राउ परेका रायमाझीलाई प्रहरीले सोमबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझीलाई पक्राउ गर्न २० वैशाखमा पक्राउ पुर्जी जारी भएको थियो । तर, २१ वैशाखको दिउँसो आफैँ हाजिर हुने बताएका रायमाझी त्यसपछि फरार भएका थिए ।