बुधवार, आश्विन २१ गते २०८३

रेशम चौधरीको कर्तव्य ज्यान सम्बन्धी मुद्दामा बहश सकियो, आजै फैसला

मंगलवार , जेठ २, २०८०

काठमाडौं। रेशम चौधरीको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा तीन दिनदेखि जारी बहस सकिएको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा बहस भएको थियो । इजलासले आजै फैसला सुनाउने तयारी गरेको छ ।

कैलालीको टीकापुरमा भएको घटनालाई लिएर जिल्ला र उच्च अदालतले चौधरीलाई दोषी ठहर गरेका थिए । यो मुद्दामा रेशमसहित अन्य प्रतिवादीहरु पनि छन् ।

यसअघि चौधरकिो मुद्दामा हिजो पनि वहश भएको थियो तर नसकिएपछि आज बहश भएको हो । २०७७ फागुन १२ गते सर्वोच्च अदालतमा दर्ता भएको उक्त मुद्दा पटकपटक हेर्न नभ्याइनेमा परेको थियो ।

गत वैशाख २५ गते पेसीमा चढ्दा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले जेठ १ गतेका लागि हेर्दाहेर्दैमा राखेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार