बुधवार, आश्विन २१ गते २०८३

नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले मागे नेताहरुको सुझाव

मंगलवार , जेठ २, २०८०

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरूसँग नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयवस्तुका बारेमा लिखित सुझाव मागेका छन्। मंगलबार सिंहदरवारमा भएको सत्तारुढ १० दलको बैठकमा प्रधानमन्त्रीले देशको आर्थिक अवस्था सुधार गर्नका निम्ति सुझाव मागेका हुन्।

बैठकमा प्रमुख दलका शीर्ष नेताहरूले सुझाव दिएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। उनीहरूले देशको अर्थतन्त्रलाई बलियो बनाउनेगरी बजेट ल्याउनुपर्ने धारणा राखेका थिए। तर समय अभावका कारण सबैले सुझाव दिन नपाएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताए।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायत पार्टीका नेताहरूको सहभागीता रहेको थियो ।

सत्तारूढ दलहरूको सुझावलाई समेटेर नीति कार्यक्रम परिमार्जन र समृद्ध तुल्याइने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार