बुधवार, आश्विन २१ गते २०८३

मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने सरकारकाे निर्णय

मंगलवार , जेठ २, २०८०

काठमाडौं। सरकारले जिउँदो शहीद भनेर चिनिएका मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

गत बुधबार ३२ बर्षको उमेरमा बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा कायस्थकाे निधन भएकाे थियाे । 

२०६२/६३को जनआन्दोलनको क्रममा २०६२ चैत २७ गतेको आन्दोलनमा १४ बर्षिया मुकेशको शिरमा सुरक्षाकर्मीको गोली लागेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार