काठमाडौं । बर्दियामा नदी तथा खोलामा नुहाउन गएका तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दुई दाजुबहिनी र एक युवक छन् । प्रहरीका अनुसार गेरुवा गाउँपालिका-६ का १४ वर्षीय सञ्जीव विक र उनकी आठ वर्षीया बहिनी दिलमाया कर्णाली नदीको सैजनाघाटमा नुहाउने क्रममा बेपत्ता भएको बताए ।
उनीहरु शुक्रबार बिहान करिब ११ बजे नुहाउने क्रममा वेपत्ता भएका थिए । त्यस्तै राजापुर-५ स्थित बूढी खोलामा नुहाउन गएकी २५ वर्षीया लालसा चौधरी पनि वेपत्ता भएका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
बेपत्ता तीनै जनाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी लागे पनि फेला नपरेको कार्कीले जानकारी दिए ।