नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पासँग बिहीबार पनि बयान लिइँदैछ।
बुधबार बयान नसकिएकाले उनको बयान बिहीबार पनि लिन लागिएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेले जानकारी दिए। उनका अनुसार बाँकी सबैको छुट बयानसमेत सकिएको छ।
शेर्पाले सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। उनीविरुद्ध प्रहरीले वैशाख ३१ गते पक्राउ पुर्जी जारी गरेको थियो।
यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई नपोल्न आग्रह गर्दै पूर्वसांसद शेर्पाले ठगी गिरोहका सदस्यसँग हिरासतमै भेट गरेको भनिएको थियो।
प्रकरणमा पक्राउ परेकाहरूमध्ये अहिलेसम्म १३ जनाको बयान सकिएको छ।