काठमाडौं। सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । शक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पास गरेको हो । अपरान्ह् ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।
राष्ट्रपति पौडेल कुनै तामझाम नगरी सामान्य तरिकाले संसद भवन नयाँ बानेश्वर जाने तयारी गरेका छन्। यसअघिका राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन जाँदा राष्ट्रपति भवनदेखि नयाँ बानेश्वरसम्मकै सडक खाली गरिने गरेको थियो ।
तर यसपटक सडक खाली नगर्ने र राष्ट्रपति सामान्य तरिकाले संसद भवनसम्म पुग्ने र संसद भवन भित्र मात्रै रिसल्ला सहितको कारकेडको व्यवस्था गर्ने तयारी छ ।